काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले विभिन्न देशका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता सुरु गरेका छन्।प्रधानमन्त्री शाहले सिंहदरबारमा केहीबेर अघिदेखि राजदूतहरूसँग भेटवार्ता गरिरहेका छन्। यसअघि उनले राजदूतहरूसँग सामूहिक रूपमा भेटवार्ता गरेका थिए। तर आज भने प्रधानमन्त्री शाहले राजदूतहरूलाई एक–एक गरी भेटेर छलफल गरिरहेका छन्।
सिंहदरबारमा जारी भेटवार्तामा नेपाल र सम्बन्धित देशबीचको आपसी सम्बन्ध, सहकार्य तथा द्विपक्षीय विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री शाहले विभिन्न देशका राजदूतसँग छुट्टाछुट्टै भेट गर्न थालेकाले भेटवार्तालाई कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
तर, प्रधानमन्त्री र राजदूतहरूबीच भएका छलफलका विषय तथा भेटवार्तामा सहभागी राजदूतहरूको नामबारे विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
यसअघि प्रधानमन्त्री शाहले राजदूतहरूसँग सामूहिक रूपमा भेटवार्ता गरेका थिए। त्यसको निरन्तरताका रूपमा आज छुट्टाछुट्टै भेटवार्ता भइरहेको हो।