प्रधानमन्त्री कार्कीले जेन-जीलाई विश्वासमा लिन सक्नुपर्छ, तीनवटा मन्त्रालय दिनुपर्छः सुरेन्द्र केसी

10 October, 2025 92 Views
प्रधानमन्त्री कार्कीले जेन-जीलाई विश्वासमा लिन सक्नुपर्छ, तीनवटा मन्त्रालय दिनुपर्छः  सुरेन्द्र केसी
92

असोज, काठमाडौं । राजनीतिक विश्लेषक प्रा।डा.सुरेन्द्र केसीले वर्तमान सरकारले जेन–जीको कुनै पनि माग पूरा गर्न नसक्ने बताएका छन् । आज ९शुक्रबार० रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन–जीहरुले आफ्दो माग आफैं छाडेको बताए । जेन–जीको सरकार बन्नुभन्दा पहिला टीओआर बन्नुपर्नेमा त्यसो नभएको उनले बताए ।

‘जेन–जीको कुरा त केही पनि पूरा हुन्छ भन्ने मलाई लाग्दैन अबको अवस्थामा । किनभने आफ्नो मागहरु छोडेको जेन–जी आफैंले हो । जेन–जी सरकार बन्नुभन्दा पहिला यसको टीओआर बन्नुपर्थ्यो,’– उनले भने ।
साथै, उनले अब निर्वाचन गराउनका लागि प्रधानमन्त्री सुशीला कार्की नै अग्रसर भएर दलहरुसँग संवाद थाल्नुपर्ने बताए । अब ३ वटा मन्त्रालयमा जेन–जीहरुको तर्फबाट सहभागी गराएर मन्त्री बनाइनुपर्ने उनको माग छ ।

‘प्रधानमन्त्रीले नै अग्रसर भएर दलहरुसँग संवादको प्रक्रिया थाल्नुपर्छ । जेन–जीहरुलाई विश्वासमा लिनुपर्छ । ३ वटा मन्त्रालय बाँकी छन्, ती ३ वटा मन्त्रालयमा जेन–जीहरुलाई नै मन्त्री बनाइदिनुपर्छ,’– उनले भने ।

Related Post