प्रधानमन्त्री–प्रधानसेनापति छलफल जारी, प्रहरी र सशस्त्र प्रमुखसँग पनि आजै भेट

प्रधानमन्त्री–प्रधानसेनापति छलफल जारी, प्रहरी र सशस्त्र प्रमुखसँग पनि आजै भेट
63

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत व्यवस्थापनबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल थालेका छन्। बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण र घाइतेको उपचारबारे जानकारी लिन तथा आवश्यक निर्देशन दिन छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्।

प्रधानसेनापति सिग्देलसँगको छलफलपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार तथा खोजी कार्यमा परिचालित छन्।

Related Post