प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

10 August, 2026 56 Views
प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता
56

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने, विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने र विकास साझेदारीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

भेटमा प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए।

राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल–चीन सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको बताएका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा आपसी हितका विभिन्न विषयमा पनि छलफल भएको थियो।

 
 
 

Related Post