‘प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन’ : गगन थापा

‘प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन’ : गगन थापा
7

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको टिप्पणी गरेका छन्।

शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको ‘समीक्षा तथा भावी योजना’ सम्बन्धी कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने बताएका हुन्।

सभापति थापाले भने, ‘अहिलेको प्रधानमन्त्री मेरो आफ्नो बुझाइमा ही हेट्स प्राइभेट सेक्टर ।’

प्रधानमन्त्री शाहबारे आफूले अनुमानका भरमा यस्तो टिप्पणी नगरेको पनि थापाले स्पष्ट पारे। उनले आफ्नो बुझाइ र अनुभवका आधारमा नै प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको धारणा राखेको बताए।

Related Post