पूर्वराजालाई विमानस्थलमा स्वागत गर्ने राजावादीहरुको कार्यक्रम तयारीमा जिप्रकाको रोक

पूर्वराजालाई विमानस्थलमा स्वागत गर्ने राजावादीहरुको कार्यक्रम तयारीमा जिप्रकाको रोक
45

माघ, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट फर्किँदा विमानस्थलमा स्वागत गर्ने राजावादीहरुको तयारीमा प्रशासनले रोक लगाएको छ । निर्वाचन आचारसंहिता लागू रहेकाले यसप्रकारको कुनै पनि कार्यक्रम गर्न नपाइने भन्दै जिप्रकाले रोक लगाएको छ ।

आज एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विमानस्थल र आसपासमा प्रदर्शन र र्यालीजस्ता गतिविधि गर्ने भनि सामामाजिक सञ्जालमा आएका विषयवस्तुहरुप्रति ध्यानाकर्षण भएको बताएका छन् । यसप्रकारका गतिविधि गर्नका लागि जिप्रकामा अहिलेसम्म कसैले पनि जानकारी नगराएको र पूर्वस्वीकृति नलिएको उनको भनाइ छ ।

निर्वाचन आचारसंहिता लागु भइसकेको हालको अवस्थामा यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको तथा यस प्रकारका कार्यक्रममा निर्वाचनविरोधी भनिएका समूह समेतको घुसपैठ हुनसक्ने उनले बताएका छन् ।

 

 

Related Post