काठमाडौं । नेपालमा पुराना पेट्रोल तथा आन्तरिक दहन इन्जिन भएका गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने विकल्पप्रति आकर्षण बढ्न थालेको छ।
पिटस्टपले राम्रो अवस्थामा रहेका पुराना पेट्रोल गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। नयाँ विद्युतीय गाडी खरिद गर्नुको सट्टा आफूसँग रहेको पुरानै गाडीलाई आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी विद्युतीयमा बदल्न सकिने कम्पनीको भनाइ छ।
रूपान्तरणका क्रममा पुरानो इन्जिन र इन्धन प्रणाली हटाएर विद्युतीय मोटर, ब्याट्री, कन्ट्रोलर, चार्जर तथा आवश्यक विद्युतीय उपकरण जडान गरिन्छ। गाडीको तौल, आकार र प्रयोगअनुसार मोटर तथा ब्याट्री छनोट गरिने कम्पनीले जनाएको छ।
रूपान्तरण गर्दा ब्याट्री सुरक्षा, ब्रेक प्रणाली, तौल सन्तुलन, विद्युतीय सुरक्षा तथा आवश्यक कानुनी र दर्ता मापदण्डमा विशेष ध्यान दिनुपर्ने बताइएको छ।
पिटस्टपका अनुसार रूपान्तरणअघि गाडीको अवस्था परीक्षणदेखि उपकरण जडान, विद्युतीय प्रणाली परीक्षण र अन्तिम निरीक्षणसम्मका प्रक्रिया पूरा गरिन्छ।
कम्पनीले विद्युतीय रूपान्तरण अभियानअन्तर्गत पहिलो १०० वटा गाडीका लागि आकर्षक छुट उपलब्ध गराउने जनाएको छ।