पृथ्वी राजमार्गको गलौदी सडकखण्ड आज अपराह्नदेखि खुल्ने अपेक्षा

10 October, 2026 103 Views
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड आज अपराह्नदेखि खुल्ने अपेक्षा
103

काठमाडौं । त्रिशूली नदीको कटानका कारण भासिएको धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्ग शनिबार अपराह्न ४ बजेसम्म सञ्चालनमा आउने सम्भावना रहेको सडक विभागले जनाएको छ ।

सडक विभागका अनुसार भासिएको सडकखण्डमा ‘ब्याक कटिङ’को काम सुरु गरिएको छ । काममा कुनै अवरोध नआए र अवस्था सामान्य रहे करिब आठ घण्टाभित्र यातायात सञ्चालन गर्न सकिने विभागको भनाइ छ ।

विभागले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना जारी गर्दै स्थानीय निकायसँग छलफलपछि सडक मर्मतको काम अघि बढाइएको जानकारी दिएको हो ।

यसअघि स्थानीय निकायबाट अवरोध भएका कारण ‘ब्याक कटिङ’को काम सुरु गर्न नसकिएको विभागले जनाएको छ ।

त्रिशूली नदीको कटानले सडक भासिएपछि उक्त खण्डमा यातायात अवरुद्ध भएको छ । सडक सञ्चालनमा आउन नसक्दा पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।

Related Post