प्यारासुट एडभान्स्ड बेबीद्वारा अस्पतालमा १५ हजार बेबी केयर सामग्री वितरण

29 October, 2026 58 Views
प्यारासुट एडभान्स्ड बेबीद्वारा अस्पतालमा १५ हजार बेबी केयर सामग्री वितरण
58

काठमाडौं । उपभोग्य वस्तु उत्पादक कम्पनी मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत नवजात शिशुको हेरचाहमा सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक संस्था एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिएको छ ।

सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालमा जन्मिएका नवजात शिशु र साना बालबालिकाका परिवारलाई लक्षित गरी १५ हजार थान बेबी केयर सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ ।

वितरण गरिएका सामग्रीमा प्यारासुट एडभान्स्ड बेबीका रिफ्रेसिङ पाउडर, नरिसिङ क्रिम र नरिसिङ सोपका पाँच–पाँच हजार थान रहेका छन् ।

शिशु जन्मिएपछिका सुरुवाती दिनमा अभिभावकलाई आवश्यक हेरचाहका सामग्री उपलब्ध गराउनुका साथै नवजात शिशुको संवेदनशील छालाको उचित स्याहारबारे सचेतना बढाउनु यस अभियानको मुख्य उद्देश्य रहेको छ ।

एक एक पाइलाका व्यवस्थापक अशोक पाण्डेका अनुसार प्यारासुट एडभान्स्ड बेबीसँगको सहकार्यले अस्पतालमा रहेका शिशुका परिवारसम्म आवश्यक सामग्री पुर्‍याउन सहयोग गरेको छ । उनले यस पहलबाट नवजात शिशुको उचित हेरचाहको महत्त्वबारे अभिभावकमा सचेतना बढाउन पनि मद्दत पुगेको बताए ।

मारिकोले पनि नवजात शिशुको जीवनको सुरुवाती चरणदेखि नै अभिभावकलाई सहयोग गर्ने उद्देश्यले यो सहकार्यलाई निरन्तरता दिएको जनाएको छ । कम्पनीका अनुसार शिशुको संवेदनशील छालालाई ध्यानमा राखेर तयार गरिएका बेबी केयर सामग्री परिवारसम्म सहज रूपमा पुर्‍याउने प्रयास गरिएको हो ।

प्यारासुट एडभान्स्ड बेबीको उत्पादन शृङ्खलामा नरिसिङ क्रिम तथा लोशन, टियर–फ्री स्याम्पु, मसाज तेल, रिफ्रेसिङ पाउडर, नरिसिङ सोप र आल्मन्ड मिल्क तथा ओलिभ आयलयुक्त जेन्टल वाइप्सलगायतका सामग्री समावेश छन् ।

कम्पनीका अनुसार आगामी दिनमा पनि काठमाडौं उपत्यकाका सरकारी तथा निजी अस्पतालमा नवजात शिशु र साना बालबालिकाका परिवारलाई लक्षित गरी यो अभियानलाई निरन्तरता दिइनेछ ।

Related Post