98
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि आठ जिल्लामा अहिलेसम्म २८९ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा बाढीमा बेपत्ता भएका तथा प्रभावितमध्ये २८९ जनाको शव फेला परेको हो।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोज तथा उद्धार जारी राखेका छन्। बेपत्ता व्यक्तिको खोजी र घाइतेको उद्धार तथा उपचारको काम पनि भइरहेको प्रहरीले जनाएको छ।