101
काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षति र प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहतलाई लिएर सरकारले आवश्यक निर्णय गर्ने तयारी गरेको छ । यही विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ ।
बैठकमा बाढीबाट क्षति पुगेका सडक, पुल, विद्युत् तथा अन्य भौतिक पूर्वाधारको पुनर्निर्माणलाई तीव्रता दिने विषयमा पनि निर्णय हुने बताइएको छ ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ । सरकारले प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने तयारी गरेको छ ।