रसुवा बाढीको असर नेप्सेमा, सूचक ३५.९२ अंकले घट्यो

26 August, 2026 71 Views
रसुवा बाढीको असर नेप्सेमा, सूचक ३५.९२ अंकले घट्यो
71

काठमाडौं । रसुवामा आएको बाढीका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ३५.९२ अंकले घटेर २ हजार ५५८.३५ विन्दुमा झरेको छ। विशेषगरी बाढी प्रभावित क्षेत्रका जलविद्युत् कम्पनीमा बिक्री चाप बढेपछि बजारमा गिरावट आएको हो।

बुधबारको गिरावटसँगै जलविद्युत् समूहका शेयरमा उल्लेख्य दबाब देखिएको छ। रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ लगायतका आयोजनामा बाढीबाट क्षति पुगेको समाचार सार्वजनिक भएपछि सम्बन्धित कम्पनीका शेयरमा लगानीकर्ताको चासो बढेको देखिएको छ।

बजारमा आएको गिरावटले बाढीको प्रत्यक्ष असर जलविद्युत् क्षेत्रसँगै समग्र पुँजी बजारमा समेत परेको संकेत गरेको छ।

Related Post