रसुवा बाढीको कहर : मृतकको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता

30 August, 2026 22 Views
रसुवा बाढीको कहर : मृतकको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता
22

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुगेको छ भने ८ हजार ७३० जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार अझै २ हजार ५०२ जना सम्पर्कविहीन छन्।

प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा धेरै २५९ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले उद्धार तथा खोजी कार्य जारी राखेका छन्।

Related Post