रसुवा बाढीपछि सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन

27 August, 2026 20 Views
रसुवा बाढीपछि सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन
20

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढीपछि सम्पर्कमा नरहेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो।

विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा २२४ जना सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ। उनीहरूको खोज तथा उद्धारका लागि रसुवा र नुवाकोट जिल्ला प्रशासनसँग आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।

सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भोटेकोसी गाउँपालिकाका बासिन्दा रहेका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन प्रशासनले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

Related Post