रसुवाको बाढीमा ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

26 August, 2026 72 Views
रसुवाको बाढीमा ९ सशस्त्र प्रहरी सम्पर्कविहीन
72

काठमाडौं । रसुवामा आएको अचानक बाढीका कारण बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेमा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्। बाढीले बीओपीमा समेत क्षति पुर्‍याएको बताइएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार सम्पर्कविहीन भएका ९ जनासँग सम्पर्क गर्ने प्रयास भइरहेको छ। तर, अहिलेसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।

रसुवाको टिमुरे क्षेत्रमा भोटेकोशी नदीमा अचानक आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण आसपासका क्षेत्रमा समेत क्षति भएको प्रारम्भिक जानकारी आएको छ।

घटनापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली उद्धार तथा खोजीमा परिचालन गरिएको छ। बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन ९ सशस्त्र प्रहरीको खोजी र उद्धारलाई अहिले प्राथमिकतामा राखिएको छ।

Related Post