रास्वपा केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचन तयारीदेखि ‘राइट टु रिकल’सम्म छलफल

21 August, 2026 128 Views
रास्वपा केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचन तयारीदेखि ‘राइट टु रिकल’सम्म छलफल
128

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बैठक सुरु हुने जनाइएको छ।

बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण तथा पार्टीको सांगठनिक व्यवस्थापनबारे छलफल हुने कार्यसूची छ।

त्यस्तै, केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य, विभागीय प्रमुख तथा स्थानीय तह निर्वाचनका लागि गठित केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनका विषयमा पनि बैठकले छलफल गर्नेछ।

स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रियालाई प्रभावकारी बनाउन केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यहरूको नेतृत्वमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत हुने बताइएको छ।

पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा पनि बैठकले आवश्यक निर्णय लिने रास्वपाले जनाएको छ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, उम्मेदवार छनोट र आन्तरिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयमा बैठक केन्द्रित हुने देखिएको छ।

Related Post