रास्वपा सर्लाहीका पूर्व नगर सभापति न्यौपाने कांग्रेसमा प्रवेश

23 August, 2026 73 Views
रास्वपा सर्लाहीका पूर्व नगर सभापति न्यौपाने कांग्रेसमा प्रवेश
73

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौँको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

रास्वपा छाडेर कांग्रेसमा आएका न्यौपानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला कांग्रेसले सही निकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको भन्दै पार्टीमा आबद्ध भएको बताए । उनले कांग्रेसमा सक्रिय भएर आगामी दिनमा जनताको सेवामा काम गर्ने प्रतिबद्धता पनि जनाए ।

न्यौपानेलाई स्वागत गर्दै सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तासँग सहकार्य गर्दै सक्रिय रूपमा काम गर्न आग्रह गरे । उनले न्यौपानेको प्रवेशले सर्लाहीमा कांग्रेसको संगठन विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Related Post