रास्वपाका मन्त्रीहरुलाई राजिनामा दिनु प्रधानमन्त्रीको आग्रह

06 January, 2026 98 Views
रास्वपाका मन्त्रीहरुलाई राजिनामा दिनु प्रधानमन्त्रीको आग्रह
98

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भएर गतिविधिमा लागेका तथा चुनाव लड्ने तयारीमा रहेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कार्कीले अनौपचारिक छलफल गर्दै दलीय गविधिधिमा लागिसकेका मन्त्रीले राजीनामा दिएर सहयोग गर्न भनेकी हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार सार्वजनिकरुपमा प्रश्न उठेको र सरकार गैरदलीय भएकाले परिस्थिति बुझिदिन आग्रह प्रधानमन्त्रीको थियो ।

हाल ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ता रास्वपाको गतिविधिमा संलग्न भइरहेका छन् । सञ्चारमन्त्री जगदीश खरेलले पनि चुनाव लड्ने चाहना राखेर रवि, बालेन र कुलमानको एकतालाई अपनत्व लिएका थिए ।

Related Post