रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ

01 July, 2026 42 Views
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको शपथ
42
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। काठमाडौँको वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले चितवन महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभएको हो।
शपथ ग्रहणलगत्तै बसेको नवनिर्वाचित केन्द्रीय समितिको बैठकमा बाँकी पदाधिकारी र ५१ जना केन्द्रीय सदस्यहरूको मनोनयन तथा आगामी राजनीतिक रणनीतिबारे छलफल गरिएको छ। १५१ सदस्यीय केन्द्रीय समितिमा विधान बमोजिम बाँकी सदस्यहरू सभापतिबाट मनोनीत हुने व्यवस्था छ।

Related Post