रास्वपाले टुंग्यायो विभागीय प्रमुख, जगदीश खरेल बने प्रवक्ता

21 August, 2026 70 Views
रास्वपाले टुंग्यायो विभागीय प्रमुख, जगदीश खरेल बने प्रवक्ता
70

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठकले पार्टीका विभिन्न विभागका प्रमुखको जिम्मेवारी टुंगो लगाउँदै पूर्वमन्त्री जगदीश खरेललाई पार्टी प्रवक्तामा मनोनित गरेको छ।

बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिएको छ। त्यस्तै, सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थ विभागमा लीमा अधिकारीलाई जिम्मेवारी दिइएको छ।

रास्वपाले विभागीय संरचनालाई थप व्यवस्थित गर्दै पार्टीको संगठन विस्तार र सरकारका कामकारबाहीसँग सम्बन्धित विषयमा विभागमार्फत प्रभावकारी भूमिका खेल्ने तयारी गरेको छ। बैठकले बाँकी सांगठनिक विषय तथा अन्य महत्वपूर्ण निर्णयमाथि समेत छलफल गरिरहेको छ।

 
 
 

Related Post