राष्ट्रियसभा बैठक आज बस्दै, परराष्ट्र र पर्यटनमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

01 July, 2026 67 Views
राष्ट्रियसभा बैठक आज बस्दै, परराष्ट्र र पर्यटनमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
67
संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (बुधबार, १७ असार २०८३) दिउँसो सवा १ बजे सिंहदरबारमा बस्दैछ
 ससद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सांसदहरूले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने मुख्य कार्यक्रम रहेको छ।
 बैठकमा मन्त्रीद्वयले सांसदहरूका जिज्ञासा र समसामयिक राष्ट्रिय चासोका विषयहरूमा सरकारको धारणा स्पष्ट पार्दै आवश्यक जवाफ प्रस्तुत गर्ने तय भएको छ।
यसैगरी, आजको बैठकमा सांसद रेनु चन्दले प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी एक महत्त्वपूर्ण सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसका साथै राष्ट्रियसभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त विभिन्न पत्रहरूको बेहोरा पढेर सुनाउने र सभालाई जानकारी गराउने कार्यक्रम समेत तय गरिएको छ।

Related Post