रवि–रुबियो टेलिफोन वार्ता : नेपाललाई थप सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता

रवि–रुबियो टेलिफोन वार्ता : नेपाललाई थप सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता
23

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ।

रास्वपाका अनुसार वार्तामा रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता जनाएका थिए।

लामिछानेले बाढीपछि खोजी, उद्धार तथा राहतका लागि सरकारले उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराउँदै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षाप्रति समेत सरकार प्रतिबद्ध रहेको बताए।

अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै लामिछानेले विपद्को समयमा थप सहयोगको अपेक्षा व्यक्त गरेका थिए। जवाफमा रुबियोले नेपाललाई आवश्यक थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको प्रतिबद्धता जनाएका छन्।

 
 
 

Related Post