सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै, विधान संशोधन र निर्वाचन प्रक्रिया आजै सुरु हुने

22 June, 2026 73 Views
सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै, विधान संशोधन र निर्वाचन प्रक्रिया आजै सुरु हुने
73

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज नीतिसंगठन र नेतृत्व चयनको एजेन्डामा केन्द्रित हुँदै बन्द सत्र सञ्चालन भइरहेको छ । 

उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा सञ्चालित यस बन्द सत्रमा अनुशासनआर्थिकसंगठनात्मक र राजनीतिक प्रतिवेदनमाथि छलफल र अनुमोदन गर्ने कार्यक्रम तय गरिएको छ । प्राप्त कार्यतालिका अनुसार पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने विभिन्न प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूले धारणा तथा सुझाव राख्ने कार्यक्रम रहेको छ ।

दोस्रो सत्रको महत्त्वपूर्ण कार्यसूचीको रूपमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल गरी अनुमोदन गर्ने तयारी रहेको छ । यी सबै नीतिगत तथा सांगठनिक प्रतिवेदनहरू पारित भएपछि केन्द्रीय निर्वाचन आयोगलाई सम्पूर्ण निर्वाचन प्रक्रियाको जिम्मेवारी हस्तान्तरण गरिनेछ ।

 यसपछि निर्वाचन आयोगले नेतृत्व चयनका लागि उम्मेदवारी दर्तालगायत निर्वाचन प्रक्रियासम्बन्धी सम्पूर्ण जानकारी औपचारिक रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।



 

Related Post