संचार मन्त्री खरेललाई हर्क साम्पाङको काउण्टर : निशुल्क वाइफाइ जस्तो हावामा लोकप्रिय निर्णय हैन, सरकारी सर्वर फास्ट गराउनु पर्यो

25 September, 2025 666 Views
संचार मन्त्री खरेललाई हर्क साम्पाङको काउण्टर : निशुल्क वाइफाइ जस्तो हावामा लोकप्रिय निर्णय  हैन, सरकारी सर्वर फास्ट गराउनु पर्यो
666

काठमाडौं ।  नवनियुक्त सूचना तथा संचार मन्त्रीले देशका प्रमुख १० शहरमा निशुल्क वाइफाइ सेवा उपलब्ध गराउने निर्णय गरेपछि धरानका मेयर हर्कसाम्पाङले सार्वजनिक रुपमा आलोचना गरेका छन्।
मेयर हर्कसाम्पाङले बताएका छन्, “निशुल्क वाइफाइ वितरण हावामा लोकप्रिय निर्णय जस्तो देखिन्छ। हाम्रो सरकारी संचार प्रणाली क्गतचब को सर्वर फास्ट गराउनु परो। हालको प्रणाली चौपट अवस्थामा छ र यसअघि प्राथमिकता नदिई योजनाहरू घोषणा गर्नु व्यावहारिक छैन।”

उनले भने कि नागरिकले गुणस्तरीय र स्थायी सेवा पाउन पहिलो प्राथमिकता सरकारी प्रणालीको क्षमता सुधार हुनु आवश्यक छ। विशेषज्ञहरूले पनि मेयर हर्कसाम्पाङको दृष्टिकोणलाई समर्थन गर्दै भनेका छन् कि योजना कार्यान्वयन अघि प्रणाली सुधार र पूर्वतयारी आवश्यक छ। यसरी मात्र वाइफाइ वितरणले जनता र संस्थालाई दीर्घकालीन लाभ पुर्‍याउन सक्छ।

Related Post