सिफलमा ग्यास लिन उपभोक्ताको भीड, मध्याह्नपछि वितरण सुरु

12 October, 2026 145 Views
सिफलमा ग्यास लिन उपभोक्ताको भीड, मध्याह्नपछि वितरण सुरु
145

 

काठमाडौं । काठमाडौंको सिफलमा खाना पकाउने ग्यास लिन सोमबार बिहानैदेखि उपभोक्ताको लामो लाइन लागेको छ। बिहान ४–५ बजेदेखि नै लाइनमा बसेका उपभोक्ताले मध्याह्न १२ बजेपछि मात्रै ग्यास पाउन थालेका हुन्।

सिफलस्थित ग्यास वितरण केन्द्रमा करिब पाँच सय सिलिन्डर लाइनमा राखिएका छन्। सिलिन्डर बोकेका ट्रक आएपछि ग्यास वितरण सुरु गरिएको हो।

दसैंमा ग्यासको अभाव हुन नदिन नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट अतिरिक्त शुल्कबिना ग्यास साट्ने व्यवस्था गरिएको छ। उक्त व्यवस्था फूलपातीसम्म लागू हुने जनाइएको छ।

Related Post