सहकारी ठगी मुद्दामा रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

06 August, 2026 15 Views
सहकारी ठगी मुद्दामा रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
15

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा तारेख बुझ्न बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेकाले कानुनी प्रक्रियाअनुसार तोकिएको तारेख थाम्न अदालत पुगेका हुन्।

लामिछाने निर्धारित समयमै काठमाडौं जिल्ला अदालत पुगेर तारेख बुझेका हुन्। उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा विभिन्न अदालतमा मुद्दा विचाराधीन छ।

यसअघि अदालतले उनलाई नियमित रूपमा तोकिएको मितिमा उपस्थित भएर तारेख थाम्नुपर्ने सर्तमा रिहा गरेको थियो। सोही व्यवस्थाअनुसार उनी बिहीबार पनि अदालतमा उपस्थित भएका हुन्।

Related Post