सिंहदरबारको नाम फेर्नुपर्ने प्रस्तावमा राप्रपा प्रवक्ता श्रेष्ठको आक्रोश

09 August, 2026 19 Views
सिंहदरबारको नाम फेर्नुपर्ने प्रस्तावमा राप्रपा प्रवक्ता श्रेष्ठको आक्रोश
19

काठमाडौं । सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने रास्वपा सांसद हरि ढकालको प्रस्तावलाई लिएर राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आक्रोश व्यक्त गरेका छन्।

सांसद ढकालले नेपालमा सिंह नै नभएकाले ‘सिंहदरबार’ नाम उपयुक्त नभएको भन्दै यसको नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न प्रस्ताव गरेका थिए।

ढकालको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै श्रेष्ठले सामाजिक सञ्जालमार्फत उनलाई ‘उपबुज्रुक’ भन्दै व्यंग्य गरेका छन्।

श्रेष्ठले आफ्नो नाममा पनि ‘हरि’ शब्द रहेको उल्लेख गर्दै, ‘जसको मनमा हरि नै छैन, उसको नामचाहिँ हरि ?’ भन्दै ढकाललाई आफ्नो नामसमेत परिवर्तन गर्न सुझाव दिएका छन्।

श्रेष्ठले सामाजिक सञ्जालमा ढकालप्रति थप कटाक्ष गर्दै ‘गोबर’ नाम राखे पनि हुने भन्दै टिप्पणी गरेका छन्।

Related Post