115
कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालीकाकी उपमेयर सुनिता डंगोलले सम्पदा संरक्षणमा महानगरले काम गरिरहेको बताएकी छिन्।
शुक्रबार पुनर्निर्मित ब्रम्हा मन्दिर उद्घाटन समारोहमा बोल्दै उनले चोरी भएका सम्पदाहरु पुनः नेपालमा नै फिर्ता ल्याउने काम वा पुनस्थापना गर्ने काममा काठमाडौं महानगरपालीकाले सक्दो भूमिका खेलिरहेको बताइन्।
उनले ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सफल भएको बताइन्। उनले केही समय अघि इथुमबहालमा ४५ वर्षअघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सकेको बताइन्। उनले पौवामा पुरातत्वसँगै गुठीको पनि उत्तिकै भूमिका रहेको जानकारी दिइन्। उनले यसरी भगवानलाई फिर्ता गर्न पाँउदा खुशीका साथै गर्वको क्षण रहेको बताइन्।