सुन-चाँदीको मूल्य घट्यो, सुन तोलामा ३ हजार ८ सयले सस्तियो

सुन-चाँदीको मूल्य घट्यो, सुन तोलामा ३ हजार ८ सयले सस्तियो
78

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा सुन ३ हजार ८ सय रुपैयाँले घटेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय १५ रुपैयाँले घटेर ४ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ तथा चाँदी ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको थियो।

Related Post