सुनको भाउ हालसम्मकै उच्च, कतिमा भईरहेको छ कारोबार ?

28 December, 2025 117 Views
सुनको भाउ हालसम्मकै उच्च, कतिमा भईरहेको छ कारोबार ?
117

पुस, काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको भाउले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक हो ।

यस दिन सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि सुन तोलामा १ हजार ८ सय रुपैयाँ बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरी चाँदीको भाउले पनि आज तोलाको २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Related Post