सैनिक मुख्यालयले जाँचबुझ आयोगलाई घटना विवरण पठायो, अधिकारीको विवरण नदिने अडान

26 November, 2025 186 Views
सैनिक मुख्यालयले जाँचबुझ आयोगलाई घटना विवरण पठायो, अधिकारीको विवरण नदिने अडान
186

मंसिर, काठमाडौं । सैनिक मुख्यालयले जेनजी आन्दोलनका २३–२४ भदौ घटनाको विवरण जाँचबुझ आयोगलाई पठाएको छ, तर तत्कालीन खटिएका सैनिक अधिकारीहरूको विवरण नदिने अडान जनाएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार घटना विवरणहरू पठाइसकेको र आयोगसँग समन्वय भइरहेको छ।

आयोगले माग गरेअनुसार अधिकारीहरूको विवरण नपाउँदा असन्तुष्ट छ। सेनाको तर्क अनुसार भिड नियन्त्रणको जिम्मेवारी मुख्य रूपमा सेनाको होइन र सैनिक ऐनअनुसार गल्ती भए कारबाही सेनाले नै गर्ने व्यवस्था छ। जाँचबुझ आयोग र सैनिक मुख्यालयबीच विवरण र अधिकारीसम्बन्धी अडानका कारण टकराव देखिएको छ, तर सेनाले आवश्यक विवरण पठाइसकेको र समन्वय जारी रहेको प्रवक्ता बस्नेतले बताए।

Related Post