सुनको मूल्य बढ्यो, चाँदीमा गिरावट

08 October, 2026 116 Views
सुनको मूल्य बढ्यो, चाँदीमा गिरावट
116

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो। सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ पुगेको छ।

बुधबार सुन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ थियो।

Related Post