9
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर ४ हजार ७ सय ५० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार बिहीबार सुन सस्तिएको छ भने चाँदीको मूल्य सामान्य बढेको छ।