सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

27 October, 2025 124 Views
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
124

कात्तिक,काठमाडौं ।  स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले घटेको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार थियो ।  त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।  

Related Post