सुनको मूल्य हालसम्मै उच्च, साढे २ लाख नाघ्यो

16 October, 2025 85 Views
सुनको मूल्य हालसम्मै उच्च, साढे २ लाख नाघ्यो
85

असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर  २ लाख ५० हजार नाघेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा २ हजारले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

बुधबार सुनको मूल्य २ लाख ४८ हजार ९ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको हो । हिजो चाँदीको मूल्य ३ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

Related Post