9
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज सुनको मूल्य ३ हजार ६ सय रुपैयाँ बढेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य ४ हजार ६ सय ६० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ३ सय ७७ अमेरिकी डलर र चाँदी प्रतिऔंस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।