सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो

17 August, 2026 53 Views
सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो
53

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा आज सुनको मूल्य बढेको हो।

आज बजारमा छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तथा तेजाबी सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ थियो। हिजोको तुलनामा चाँदीको मूल्य ६० रुपैयाँले बढेको हो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको छ। महासंघले दैनिक रूपमा निर्धारण गर्ने मूल्यअनुसार नेपाली बजारमा सुनचाँदीको कारोबार हुने गरेको छ।

Related Post