सुनको प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ९ हजारको वृद्धि

23 January, 2026 53 Views
सुनको प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ९ हजारको वृद्धि
53

माघ, काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो ।

आज एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो । सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

Related Post