सिरहाको गोलबजारमा आज दिनभर कर्फ्यू खुकुलो

02 August, 2026 54 Views
सिरहाको गोलबजारमा आज दिनभर कर्फ्यू खुकुलो
54

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कर्फ्यू आदेश आइतबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि उक्त अवधिका लागि कर्फ्यू खुकुलो पार्ने निर्णय गरिएको हो।

प्रशासनले स्थानीय अवस्थाको थप मूल्यांकनपछि कर्फ्यूलाई थप खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउनेबारे आवश्यक निर्णय गरी पुनः सूचना जारी गरिने जनाएको छ।

कर्फ्यू खुकुलो गरिएको अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनलाई आवश्यक सहजीकरण गरिने पनि सूचनामा उल्लेख छ।

यस्तै, कर्फ्यू खुकुलो रहेको समयमा पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला हुन नपाइने व्यवस्था यथावत् रहने प्रशासनले स्पष्ट पारेको छ। उक्त व्यवस्थाको पूर्ण पालना गर्न सबैसँग प्रशासनले आग्रह गरेको छ।

Related Post