सरकारका सात निर्णय सार्वजनिक, सुनसरी–सिराहा घटनाका मृतक र घाइतेलाई राहत दिने

05 August, 2026 61 Views
सरकारका सात निर्णय सार्वजनिक, सुनसरी–सिराहा घटनाका मृतक र घाइतेलाई राहत दिने
61

काठमाडौं। सरकारले विभिन्न नीतिगत, प्रशासनिक तथा संस्थागत विषयसँग सम्बन्धित सात महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु हुनेका परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूको उपचार र राहतको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिए।

सरकारले गरेका निर्णयहरू यस्ता छन्–

  • तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।
  • लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने।
  • नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने तथा उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने।
  • पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने।
  • बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ सङ्घीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
  • विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर केसी र सचिव पदमा प्रा. डा. रोजिश श्रेष्ठलाई नियुक्त गर्ने।
  • सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु हुनेका परिवारलाई क्षतिपूर्ति तथा घाइतेलाई राहत र उपचारको व्यवस्था गर्ने।

प्रवक्ता पोखरेलका अनुसार यी निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो। उनले सम्बन्धित निकायलाई निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको पनि जानकारी दिए।

Related Post