सरकारको स्वेच्छाचारितामाथि गगनको प्रहार, रास्वपाको दोहोरो चरित्रमाथि उठाए प्रश्न

सरकारको स्वेच्छाचारितामाथि गगनको प्रहार, रास्वपाको दोहोरो चरित्रमाथि उठाए प्रश्न
83

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार स्वेच्छाचारी ढङ्गले अघि बढिरहेको आरोप लगाउँदै सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले सरकारका गलत निर्णय र गतिविधिप्रति सत्तारुढ दलहरू मौन बसेको भन्दै रास्वपाको दोहोरो चरित्रमाथि प्रश्न गरेका हुन्।

विगतमा कांग्रेस सरकारमा रहँदा गलत कामको विरोध गर्ने रास्वपाका नेताहरू अहिले आफ्नै पार्टी सरकारमा सहभागी हुँदा किन मौन बसेको भन्दै उनले जवाफ मागे।

थापाले रास्वपाले औपचारिक वक्तव्य जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने बताए। सरकारका गलत कदम रोक्न प्रधानमन्त्रीलाई संसदीय दलको बैठकमा बोलाएर स्पष्ट निर्देशन दिनुपर्ने उनको भनाइ थियो।

सरकारको कार्यशैली निरङ्कुश बन्दै गएको आरोप लगाउँदै थापाले सत्ताको आडमा विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यता उल्लङ्घन गर्ने छुट कसैलाई नभएको चेतावनीसमेत दिए।

Related Post