153
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद गणेश कार्कीले पछिल्लो समय संसद् ‘एआईमय’ भएको भन्दै सांसदहरूलाई आफ्नो विवेक, ऊर्जा र समय देश तथा नागरिकका लागि प्रयोग गर्न आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कार्कीले सरकारबाट आएको प्रस्तावलाई समर्थन वा विरोधमा मात्रै सीमित भएर सांसदको भूमिका पूरा नहुने बताए।
उनले भने, ‘अहिले संसद् यति एआईमय भएको छ कि, अब संसद्मा कसैले ‘ओई, म एआई हुँ रे’ भन्न मात्रै बाँकी छ।’
सांसद कार्कीले संसद्को काम प्रभावकारी बनाउन सोच, प्रविधि र स्रोत–साधनमा समेत परिवर्तन आवश्यक रहेको बताए। उनले समयअनुसार परिवर्तन नगरे आगामी अधिवेशन पनि विगतकै शैलीमा बित्ने धारणा राखे।