संसद सचिवालयका २० अधिकृत प्रधानमन्त्री कार्यालयमा काज

संसद सचिवालयका २० अधिकृत प्रधानमन्त्री कार्यालयमा काज
16

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद्पीडितको उद्धार तथा राहत कार्यमा सहजीकरण गर्न संघीय संसद् सचिवालयका २० जना अधिकृतलाई काजमा तानेको छ।

प्रधानमन्त्री कार्यालयको आग्रहपछि संसद् सचिवालयले कर्मचारी पठाएको हो। उनीहरूलाई भदौ १४ गते बिहान ९ बजे प्रधानमन्त्रीको निजी सचिवालयमा उपस्थित हुन भनिएको थियो।

काजमा खटाइएका कर्मचारी अर्को आदेश नभएसम्म प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेर काम गर्नेछन्। सभामुख डोलप्रसाद अर्यालकी प्रमुख स्वकीय सचिव मुना कुँवरका अनुसार विपद्को कठिन अवस्थामा उद्धार, राहत तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउन कर्मचारी खटाइएको हो।

 
 
 

Related Post