सुदन गुरुङको आरोप : गृहमन्त्री ओमप्रकाश अर्याल त एमालेको जस्तो लाग्न थाल्यो

13 November, 2025 136 Views
सुदन गुरुङको आरोप :  गृहमन्त्री ओमप्रकाश अर्याल त एमालेको जस्तो लाग्न थाल्यो
136

कात्तिक, काठमाडौँ ।  जेन्जी आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि फेरि आक्रामक टिप्पणी गरेका छन्। नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै देखिएका गुरुङले भने, “गृहमन्त्री अर्यालको व्यवहार त अहिले एमालेजस्तो लाग्न थालेको छ।

उनका अनुसार, संविधानविद् र न्यायको पक्षमा उभिएका अर्याल अहिले चुनावमुखी मात्र बनेका छन्। गुरुङले आरोप लगाए, “जंगी अड्डादेखि शीतल निवाससम्म हामीसँगै संविधानको कुरा गर्ने उहाँ अहिले चुनावमात्र भन्दै ढाँट्नुभयो।”
गुरुङले थपे, “हाम्रो एजेन्डा देशमा न्याय र व्यवस्था परिवर्तन हो, उहाँको एजेन्डा चुनाव मात्रै रहेछ। देशमा न्याय नभए हामी चुनाव हुनै दिँदैनौँ।

उनले गृहमन्त्रीले जेन्जी कार्यकर्तामाथि मात्र कारबाही गरेको र अन्य राजनीतिक दलका कार्यकर्तालाई छोएन भन्ने आरोप पनि लगाए। गुरुङका अनुसार, उनले दुई महिनादेखि आन्दोलनका संरचना मिलाउने प्रयास गरिरहेका छन् र वडास्तरसम्म समिति बनाइसकेका छन्। उनले अब छिट्टै आगामी योजनाबारे घोषणा गर्ने बताएका छन्।

Related Post