50
कैलालीसहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार आगामी तीन दिनसम्म वर्षा कायमै रहने सम्भावना छ ।
कार्यालयका प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार आजदेखि २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम बदली रहनेछ । विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । मङ्गलबार वर्षाको दायरा केही घट्ने भए पनि मौसम पूर्णरूपमा खुल्ने सम्भावना कम रहेको कार्यालयले जनाएको छ ।