11
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते राति ९:४५ बजे काठमाडौं आइपुग्ने भएका छन्।
देउवानिकट कांग्रेस नेता राजु श्रेष्ठका अनुसार देउवा यसपटक एक्लै स्वदेश फर्किन लागेका हुन्। उनका परिवारका अन्य सदस्य भने केही समयपछि नेपाल आउनेछन्।
स्वास्थ्य उपचारका लागि देउवा फागुन १३ गते सिंगापुर गएका थिए। त्यसपछि चैत ७ गते उनी हङकङ पुगेका थिए र केही समय त्यहाँ बसेका थिए।
हाल उनी सिंगापुरबाट नेपाल फर्किन लागेका हुन्।
नेता श्रेष्ठका अनुसार देउवाले साउन २९ गते हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।