संविधानप्रति शंका उत्पन्न हुने गतिविधिप्रति सचेत हुनुपर्छ : आङ्देम्बे

09 August, 2026 67 Views
संविधानप्रति शंका उत्पन्न हुने गतिविधिप्रति सचेत हुनुपर्छ : आङ्देम्बे
67

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधानको रक्षा गर्नुपर्ने कार्यकारी निकायबाटै संविधानप्रति शंका उत्पन्न हुने गतिविधि भइरहेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताएका छन्। ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानका उपलब्धि र आदिवासी जनजातिसहित विभिन्न समुदायका अधिकार संरक्षणका लागि एकता र सक्रिय सहभागिता आवश्यक रहेको बताएका हुन्।

आङ्देम्बेले संविधानमाथि पटक–पटक प्रश्न उठाइरहेकाले शंकाको अवस्था पूर्ण रूपमा हटिसकेको भनेर ढुक्क हुने अवस्था नरहेको बताए। संविधानलाई ‘सगरमाथाभन्दा उचो’ बनाउने संकल्प व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।

उनले संविधानले आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसंख्यक, सीमान्तकृत, मुस्लिम र थारूलगायत समुदायका अधिकार, पहिचान र विचार सुनिश्चित गरेको बताए। यी उपलब्धि लामो संघर्षपछि प्राप्त भएको भन्दै उनले त्यसलाई कसैको लहडमा कमजोर पार्न नहुने बताए।

आङ्देम्बेले अधिकारका विषयमा सामाजिक सञ्जालमा आवाज उठाउने तर आवश्यक समयमा एकता र शक्ति प्रदर्शन गर्न पछि हट्ने प्रवृत्ति त्याग्न पनि आदिवासी जनजाति समुदायलाई आग्रह गरे।

 
 
 

Related Post