शंकर पोखरेलको प्रश्न : चुनावमा सहभागी हुने घोषणा गरेर मन्त्री पदमा बस्नु उचित हुन्छ ?

14 November, 2025 162 Views
शंकर पोखरेलको प्रश्न : चुनावमा सहभागी हुने घोषणा गरेर मन्त्री पदमा बस्नु उचित हुन्छ ?
162

कात्तिक, काठमाडौं ।  नेकपा (एमाले) महासचिव शंकर पोखरेलले ऊर्जामन्त्री कुलमान घिसिङले चुनावमा सहभागी हुने घोषणा गरेर मन्त्री पदमा बस्नु उचित नहुने भन्दै प्रश्न गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गरेको र त्यही सरकारका मन्त्रीले चुनावमा सहभागी हुने घोषणा गरेको भन्दै उनले प्रश्न गरेका हुन्।

उनले चुनावमा सहभागी हुने घोषणा गरेको व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त नहुने तर्क गरेका छन्। उनले प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल नखाएमा अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने समेत बताएका छन्।

 

Related Post