शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न इक्यानको चेतावनी

18 May, 2026 44 Views
शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न इक्यानको चेतावनी
44

काठमाडौँ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले हाल विभिन्न शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमनछापाधरपकड तथा नियन्त्रणका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा संघले केही सीमित घटनालाई आधार बनाएर सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्ने प्रवृत्ति अस्वीकार्य भएको स्पष्ट पारेको छ ।

संघले शिक्षा क्षेत्रको नाममा हुने ठगीझुटा आश्वासननक्कली कागजात प्रयोगअवैध आर्थिक कारोबार तथा विद्यार्थी–अभिभावकको विश्वासमाथि हुने दुरुपयोगलाई कडाइका साथ अस्वीकार गर्दै यस्ता कार्यमा संलग्न व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार निष्पक्षपारदर्शी र कडा कारबाही हुनुपर्नेमा आफ्नो समर्थन रहेको जनाएको छ ।

तरपछिल्लो समय अनुसन्धान तथा नियामक निकायहरूको कार्यशैलीप्रति भने इक्यानले गम्भीर चिन्ता व्यक्त गरेको छ । सीमित घटनालाई आधार बनाएर सम्पूर्ण क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने कार्यले वैधानिक संस्थाहरूको प्रतिष्ठालगानी वातावरण तथा नेपालको अन्तर्राष्ट्रिय शैक्षिक विश्वसनीयतामा नकारात्मक असर पर्ने संघको भनाइ छ ।

इक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एण्ड्रयु) ले सरकारले प्रहरी प्रशासन प्रयोग गरेर अनुगमनको नाममा परामर्श व्यवसायीलाई त्रसित पार्ने काम गरेको बताए । उनले भने, “गलत काम गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउनुपर्छ तर समग्र परामर्श व्यवसायलाई नै धमिल्याउने काम गरिनु हुँदैन । यसरी व्यवसायीमाथि गरिएको धरपकडले सिंगो व्यवसाय र आम नागरिकमा गलत असर पर्न जान्छ । त्यसैले यस विषयमा सरकार र प्रहरी प्रशासन सचेत हुन जरुरी छ ।”

इक्यानले अनुसन्धान व्यक्तिगत जिम्मेवारीमा केन्द्रित हुनुपर्ने र सिंगो उद्योगलाई सामूहिक रूपमा बदनाम गर्ने शैली स्वीकार्य नहुने उल्लेख गरेको छ । साथैप्रशासनिक कमजोरी र आपराधिक ठगीबीच स्पष्ट कानुनी सीमारेखा छुट्याउन सरकारसँग माग गरेको छ ।

संघका अनुसार नियतपूर्वक गरिने ठगीमानव तस्करीनक्कली कागजात निर्माण तथा वित्तीय हिनामिनाजस्ता गम्भीर अपराधलाई ‘कालोसूची’मा राखेर कडा कारबाही गरिनुपर्छतर प्रशासनिक त्रुटिलाई सुधारको अवसरसहित फरक ढंगले हेर्न आवश्यक छ ।

त्यस्तैअभियोग प्रमाणित नहुँदै सञ्चारमाध्यममार्फत नाम सार्वजनिक गरी ‘मिडिया ट्रायल’ गर्ने अभ्यासले संविधानले सुनिश्चित गरेको निर्दोषताको अनुमानको अधिकार उल्लंघन गर्ने संघको दाबी छ ।

इक्यानले अनिश्चित नियामक वातावरणका कारण लगानीउद्यमशीलता तथा रोजगारी क्षेत्रमा त्रास सिर्जना भएको उल्लेख गर्दै यसले नेपालको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा र ‘ग्लोबल एजुकेसनल क्रेडिबिलिटी’मा समेत असर पार्न सक्ने चेतावनी दिएको छ ।

विज्ञप्तिमा शैक्षिक परामर्श क्षेत्रले नेपालमा करिब १ लाख ५० हजार प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गरेकोविदेशी मुद्रा आर्जन तथा मानव पुँजी विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको दाबी गरिएको छ ।

संघले अनलाइन तथा विदेशी डिजिटल शैक्षिक प्लेटफर्महरू नियमनबाहिर रहेको भन्दै यस क्षेत्रमा स्पष्ट कानुनी तथा नीतिगत ढाँचा निर्माण गर्न सरकारसँग माग गरेको छ ।

महासचिव भवननाथ हुमागाईँद्वारा जारी विज्ञप्तिमा कानुन उल्लंघन गर्ने जोसुकैमाथि निष्पक्ष कारबाही हुनुपर्ने दोहोर्‍याउँदै वैधानिक संस्थाहरूको अपराधीकरणडिजिटल चुनौतीको उपेक्षा तथा क्षेत्रको योगदानको अवमूल्यन स्वीकार्य नहुने उल्लेख गरिएको छ । साथैसरकार तथा सरोकारवालासँग सहकार्य गर्दै शैक्षिक परामर्श क्षेत्रलाई पारदर्शीउत्तरदायी र राष्ट्रिय हितअनुकूल बनाउन संघ प्रतिबद्ध रहेको जनाइएको छ ।

Related Post