शेरबहादुर देउवा नेपाल आइपुगे

13 August, 2026 11 Views
शेरबहादुर देउवा नेपाल आइपुगे
11

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी बिहीबार दिउँसो करिब साढे १२ बजे थाइल्यान्डको बैंककबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

देउवा लामो समयदेखि उपचारका क्रममा विदेशमा थिए। उनी स्वास्थ्य उपचारका लागि यसअघि पत्नी आरजु राणा देउवासँगै सिंगापुर गएका थिए। त्यसपछि उपचारकै क्रममा उनी हङकङ हुँदै थाइल्यान्ड पुगेका थिए।

गत वर्षको जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा भएको घटनामा देउवा घाइते भएपछि उनलाई थप उपचारका लागि विदेश लगिएको थियो। उपचारपछि उनी पछिल्लो समय फलोअपका लागि विदेशमै रहेका थिए।

देउवा नेपाल फर्किएसँगै नेपाली कांग्रेसभित्रको राजनीतिक गतिविधि पनि बढ्ने देखिएको छ। उनी कांग्रेसको देउवा समूहले आयोजना गरेको कार्यक्रममा सहभागी हुने तयारीमा छन्।

Related Post